ढाकावाङ्ग स्वास्थ्य चौकी बर्थिङ सेन्टरको उद्घाटन

पुर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले मानीसको जिवनमा सबैभन्दा महत्वपुर्ण क्षेत्र स्वास्थ्य रहेको बताएका छन ।

भुमिकास्थान नगरपालिका ढाकावाङ्ग स्वास्थ्य चौकी बर्थिङ सेन्टर उद्घाटन गर्दै रायमाझीले जिल्लाका सवै वडाहरुमा जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने बताए । साना तिना रोग लाग्दा जिल्लाभन्दा बाहिर जानु नपर्ने गरी स्वास्थ्य क्षेत्रको विकासका लागी लाग्ने बताएका छन् ।

अर्घाखाँचीबाट प्रतिनिधी सभाका सदस्य समेत रहेका रायमाझीले जिल्लामा विकास निमार्णले गति लिदैँ गएको बताएका छन् ।
प्रदेश सभा सदस्य चेतनारायण आचार्यले प्रदेश र स्थानिय तहको सहकार्यबाट जिल्लाको विकासले फड्को मार्ने बताए । उनले जिल्लाको विकासका लागी प्रदेशबाट स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।

भुमिकास्थान नगरपालिकाका प्रमुख तथा स्वास्थ्य व्यवस्थापन समितिका संरक्षक रेशम थापाको अध्यक्षता, हेल्थ पोष्ट इन्जार्ज इशा खड्काको स्वागत र स्वास्थ्य चौकी अहेव तिलकराम भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी, राजनितिक दल, महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको भुमिकास्थान नगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्स सिद्धार्थ आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष: